सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार

सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार
पक्राउ परेकाको साथबाट बरामद भएको भरुवा बन्दुक ।
सुन्नुहोस्

विराटनगर : मोरङको केराबारीमा वन्यजन्तुको सिकार गर्न हिँडेका २ जनालाई प्रहरीले अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाहरु वन्यजन्तुको अवैध चोरीसिकारीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिकारी समूहका १ जना फरार भएका छन् । 

पक्राउ परेकाको साथबाट लोड गरिएको ३ नाल भरुवा बन्दुक बरामद भएको जानकारी जोशीले दिए । उनका अनुसार केराबारी गाउँपालिका–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्कीलाई पक्राउ गरिएको हो । याक्खा र कार्कीको समूहमा रहेका केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार भएका छन् । प्रहरीलाई देख्नसाथ बन्दुक फालेर फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले केराबारी–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएकालाई आइतबार साँझ ६:५० बजेतिर पक्राउ गरेको जोशीले बताए । 

पक्राउ परेकाको साथबाट बरामद गरिएका भरुवा बन्दुक लोड गरिएको अवस्थामा रहेको उनको भनाइ छ । बन्दुकसहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

पछिल्लो समय उत्तरी मोरङका वनमा जंगली जनावरको चोरीसिकारी बढेको जनगुनासो प्रहरीमा पुग्ने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले चोरी सिकारी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको जानकारी दिए । ‘वन्यजन्तुको सिकार गर्नु गैरकानुनी हो । चोरीसिकारी नियन्त्रणका लागि सक्रियता बढाइएको छ,’ उनले भने, ‘चोरीसिकारी समूहका बारेमा जानकारी दिएर सबैले प्रहरीलाई सहयोग गर्नुपर्छ । अनि मात्रै वन्यजन्तुको चोरीसिकारी नियन्त्रण सहज हुन्छ ।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.