विराटनगरका २ वटा घरबाट ४५ किलो गाँजा बरामद, घरधनी पक्राउ

विराटनगरका २ वटा घरबाट ४५ किलो गाँजा बरामद, घरधनी पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरका २ वटा घरमा भण्डारण गरेर राखिएको लागुऔषध गाँजा प्रहरीले सोमबार बिहानका राति बरामद गरेको छ। 

विराटनगर महानगरपालिका–१४ जतुवाका अलगअलग घरबाट ४५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट गाँजा फेला परेको उनको भनाइ छ। उनका अनुसार भूपेनको घरबाट ३० र छटुको घरबाट १५ किलोग्राम गाँजा बरामद गरिएको हो। 

व्यक्तिको घरमा लागुऔषध गाँजा लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले छापा हानेको थियो। प्रहरीले रीतपूर्वक घर खानतलासी गर्दा सेतो प्लाष्टिकमा ‘प्याक’ गरेर झोलामा राखिएको अवस्थामा गाँजा फेला परेको डीएसपी जोशीले बताए। 

घरमा गाँजा भेटिएसँगै प्रहरीले भूपेन र छटुलाई पनि पक्राउ गरेको छ। बरामद भएको गाँजासहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ। 

पक्राउ परेकाहरु विरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ। जोशीका अनुसार भूपेन र छटुले गाँजा कहाँबाट ल्याएर घरमा भण्डारण गरेका हुन् भन्ने यकिन भइसकेको छैन। अनुसन्धानपछि थाहा हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.