वायु प्रदूषणका बहुरुपी व्यथा
केही सातादेखि विशेषतः काठमाडौं उपत्यकाको वायु प्रदूषण निकै खराब छ । कहिले विश्वमै पहिलो त कहिले दोस्रो प्रदूषित सहरका रूपमा काठमाडौं दर्ता भइरहेको छ ।
अस्वस्थकर तहमा वायु प्रदूषण पुगेसँगै श्वासप्रश्वाससम्बन्धी समस्या, दम, फोक्सो संक्रमण, दीर्घ श्वासप्रश्वास, मुटु तथा रक्तसञ्चार, उच्च रक्तचाप, मुटुरोग, हृदयाघात, एलर्जी तथा छालासम्बन्धी समस्या, नाक, आँखा र छाला, मुख तथा पाचनप्रणालीसम्बन्धी समस्यामा मुखको घाउ, घाँटीको संक्रमण, पाचनप्रणालीमा समस्या, मिर्गौलाको कार्यक्षमतामा असर पारेर अस्पताल पुग्ने बढेका छन् । वायुको गुणस्तर सूचकांक अस्वस्थकर र निकै अस्वस्थकर बिन्दुमा पुगेपछि पछिल्लो समय के घर, के कार्यालय के अस्पताल आ“खा पोल्ने, घा“टी चिलाउने, छाला सुक्खा हुने, एलर्जी हुने, टाउको दुख्नेलगायतका स्वास्थ्य समस्या देखिन थालेका छन् ।
अंगप्रत्यंगको विकास, फोक्सो, प्रतिरोधात्मक क्षमताको विकास र व्यक्तिको खानपान, दैनिकीले गर्दा जोखिम निर्धारण गर्दछ । नेपाल बर्डेन अफ डिजिजको पछिल्लो तथ्यांकमा वार्षिक १ लाख ९३ हजार ३ सय ३१ जनाको मृत्यु हुने गर्दछ । जस्मा सर्वाधिक मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट ४६ हजार ७ सय ९२, श्वासप्रश्वाससम्बन्धी रोगबाट ४० हजार ७ सय ९२ छ । तथापि खोजहरूले बर्सेनि करिब ५० हजारको मृत्यु भइरहेको बताउँछन् ।
नेपालमा रोग र मृत्युदर वृद्धि गराउने प्रमुख कारणमा वायु प्रदूषण प्रमुख कारक हो । यस्का कारण हरेक वर्ष हुने मृत्युमा विशेषगरी पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी र ज्येष्ठ नागरिक पर्छन् । स्टेट अफ ग्लोबल एअरले यस्कै कारण नेपालमा कुल मृत्युमध्ये १९ प्रतिशत तथा फोक्सो रोगबाट हुने मृत्युमा ६६ प्रतिशत, मुटुको रोगबाट हुने मृत्युमध्ये ३४ प्रतिशत, मस्तिष्कघातबाट हुने मृत्युमध्ये ३७ प्रतिशत, श्वासप्रश्वास प्रणालीको संक्रमणबाट हुने मृत्युमध्ये २२ प्रतिशत छ ।
त्यस्तै ३७ प्रतिशत मस्तिष्कघात, ३४ प्रतिशत मुटुरोग, ३४ प्रतिशत फोक्सोको क्यान्सर, २२ प्रतिशत नवजात शिशु तथा बालबालिकाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन बताउँछ । धुलोका कण २० देखि १० माइक्रोग्रामसम्मका श्वासनलीसम्म प्रवेश गर्छन्, २० माइक्रोग्रामभन्दा बढी प्रदूषण भए शरीरमा प्रवेश गर्न सक्छ तथा ५ देखि १० माइक्रोग्रामसम्मको फोक्सोको तल्लो भागसम्म असर गर्दछ । यदि २ माइक्रोग्रामभन्दा सानो भए सीधै रक्तसञ्चारबाट शरीरका विभिन्न अंगमा जाने गर्दछ । प्रदूषित वायु धूमपानभन्दा दोब्बर हानिकारक अर्थात् अधिक धूमपानले आयु १.९ वर्ष गुमाउँछ भने प्रदूषित वायुले ३.४ देखि ५ वर्ष आयु घटाइरहेको छ ।
शुद्ध हावामा हानिकारक पदार्थ मिसिन गई जीवजन्तु वा बोटबिरुवामा नराम्रो असर पर्ने स्थितिलाई वायु प्रदूषण भनिन्छ । वायु प्रदूषणमा हावाले उडाउने धुलो, फूलका परागकण, ज्वालामुखी आदि प्राकृतिक प्रदूषक पर्छन् भने मानव सिर्जित वायु प्रदूषकमा बढ्दो सवारीसाधन, गुणस्तरहीन पेट्रोलियम पदार्थ, मर्मतसम्भारविहीन सवारीसाधन, अव्यवस्थित र साँघुरा सडक, सयौं उद्योगको धुवा“, घरमा दाउरा बाल्दा निस्कने धुवाँ, इट्टाभट्टा आदि पर्दछन् ।
मुख्य वायु प्रदूषकमा १० माइक्रोनभन्दा साना धूलोको कण– पीएम १०, सल्फरका अक्साइडहरू, नाइट्रोजनका अक्साइडहरू, कार्बनडाई तथा मोनो अक्साइड, लिड, ओजन, हाइड्रोजन छन् । वार्षिक ५० हजार टनभन्दा बढी घातक प्रदूषित ग्या“स थपिन्छन् र अहिले वातावरण क्षेत्र डावाडोल अवस्थामा छ । राजधानीको वायु प्रदूÈणको झन्डै आधा हिस्सा सवारीसाधनको धुवाँले लिएको छ ।
मानव शरीरको लागि नभई नहुने तŒव अक्सिजनको लागि हरेक मानिसले एक दिनमा करिब २२ हजार पटक श्वास फेर्दछ जसको लागि २५ किलो शुद्ध हावा जरुरत पर्दछ । स्वास्थ्य मन्त्रालयको ढोकैमा २०२३ मा झुन्ड्याइएको हेपा फिल्टरजडित कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि पृथ्वी दिवसका दिन जनचेतनाका लागि उपत्यकाका विभिन्न स्थानमा राखिएको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण हरेक वर्ष ७० लाख तथा नेपालमा ४२ हजार १ सयको अल्पायुमै मृत्यु हुने गरेको छ । संवेदनशीलतालाई हेरेर सूचकांक ० देखि ५० लाई राम्रो, सूचकांक ५१ देखि १०० लाई मध्यम, १०१ देखि १५० लाई संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । त्यस्तै, सूचकांक १५१ देखि २०० लाई अस्वस्थ र २०१ देखि ३०० लाई धेरै अस्वस्थ मान्दै सबैजनालाई हानिकारक मानिन्छ । सूचकांक ३ सयभन्दा माथिलाई विपद् वा आपत्कालीन अवस्था मानिन्छ ।
स्वास्थ्यमा अल्प तथा दीर्घकालीन गरी दुई किसिमले असर पार्दछ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम, स्मरण शक्तिमा ह्रास, खाना नरुच्नेजस्ता समस्या ल्याउँछ । गर्भवती तथा गर्भको शिशुमा असर परी समयपूर्व शिशु जन्मने, गर्भ खेर जाने, कम तौल भएका बच्चा जन्मने खतरा हुन्छ । एलर्जी, नाक कान घाँटीको संक्रमण, खोकी, थकान, आ“खा सुक्खा, आँखा पोल्ने, रातो हुने तथा लामो समयसम्म प्रदूषणमा भए ५० वर्ष नपुग्दै दम लाग्न सक्छ । मुटुको रक्तनली ब्लक हुनसक्छ । श्वासनली, छाला तथा फोक्सोको क्यान्सर बनाउन सक्छ । पक्षाघात र मस्तिष्कघातको खतरा बढ्छ । श्वासप्रश्वाससम्बन्धी समस्या जटिल बन्दै दीर्घकालीनमा सास फेर्नका लागि संघर्ष गर्नपर्ने अवस्था निम्त्याउँछ ।
बढ्दो वायु प्रदूषणले कोभिड—१९ लगायतका खोपको प्रभावलाई एन्टिबडी आईजी एम र जीलाई १० प्रतिशत कम गर्दिन्छ । उक्त तथ्य कोभिड खोप लगाएका ४० देखि ६५ वर्षका ९ सय २७ मानिसबाट २०२० देखि २०२१ गर्मीसम्म दुवै मात्रा खोप लगाइसकेकाबाट संकलित तथ्यांकमा छ । वायु प्रदूषणले एलर्जी र दममा देखिए जस्तै टी हेल्पर लिम्फोसाइट टाइप १७ जस्ता प्रतिरक्षा प्रतिक्रियाका कारकहरू बढाउँछ, एन्टिभाइरल प्रतिरक्षा प्रतिक्रियालाई बिगार्छ र खोपको प्रभावकारिता तथा रोगको पनि जटिलता बढाउने गर्दछ ।
धूलोधुवाँका कणले वायुमण्डलको ओजन तह नष्ट गरी सूर्यका हानिकारक विकिरण सीधै आइरहेका छन् जस्ले आ“खा, छाला, मोतियाबिन्दु र क्यान्सर बढाइरहेका छन । छाला, आँखा, श्वासप्रश्वास र मुटुरोगीहरूको संख्या तथा गाम्भीर्यतामा भएको बढोत्तरीमा पनि प्रदूषण जिम्मेवार देखिएको छ । तसर्थ स्वास्थ्यसंस्थामा यस्ता बिरामीहरूको बढोत्तरी हुनासाथ वायु प्रदूषण बढिरहेको संकेत गर्दछ ।
२०७८ को जनगणनामा नेपालमा ६६ लाख ६६ हजार ९ सय ३७ घरधुरी छन जस्मा अझैपनि ५१ प्रतिशत घरमा दाउरा र ३ प्रतिशत घरमा गुइँठा बाल्ने गरिन्छ । घरभित्रको प्रदूषण सीधै फोक्सोमा जाने र असर पर्ने भएकाले झन् बढी खतरनाक मानिन्छ । ३ प्रतिशत नेपालीहरूसँग चारपाङ्ग्रे छ भने २७ प्रतिशतसँग दुईपाङ्ग्रे तथा साइकल ३५ प्रतिशतसँग छ । त्यस्तै सार्वजनिकभन्दा निजी सवारीसाधन बढी छन् । भएका साइकल पनि प्रयोगमा आएका छैनन् । उपत्यकामा भने १० प्रतिशतसँग ४.४९ प्रतिशतसँग दुईपाङ्ग्रे र १३ प्रतिशतसँग मात्रै साइकल छ । साइकल, सार्वजनिक सवारीसाधन र विद्युतीय सवारीसाधनको उपयोग बढाउन जरुरी छ ।
डा.बुढाथोकी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् ।)
प्रतिक्रिया दिनुहोस !