आइपीएल : कोलकत्तालाई लखनउले ४ रनले हरायो

आइपीएल : कोलकत्तालाई लखनउले ४ रनले हरायो
सुन्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा लखनउले तेस्रो जित हात पारेको छ। लखनउले कोलकत्ताविरुद्ध ४ रनले विजयी भएको हो।

लखनउले दिएको २३९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित ओभरको खेलमा  ७ विकेटको क्षतिमा २३४ रनमात्र बनाउनसक्यो। कोलकत्ताका रिंकु सिंहले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरे पनि त्यो जितका लागि पर्‍याप्त भएन।  रिंकुल १५ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै कोलकत्ताका कप्तान अजिंक्या रहानले सर्वाधिक ६१ रन बनाए त्यस्तै भेन्कटेस आइएरले ४५, सुनिल नरैनेले ३ र क्विन्टन डककले १५ रन बनाए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित ओभरको खेलमा ३ विकेटको क्षतिमा २३८ रन बनाएको थियो। लखनउका लागि निकोलस पुरनले सर्वाधिक ८७ रन बनाए त्यस्तै मिचेल मार्चले ८१ रन र ऐडेन मार्क्रमले ४७ रन बनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.