महिला पत्रकारको मुद्दालाई प्राथमिकता दिएर सम्बन्धित निकायमा ताकेता गर्नेछु : राष्ट्रपति पौडेल

महिला पत्रकारको मुद्दालाई प्राथमिकता दिएर सम्बन्धित निकायमा ताकेता गर्नेछु : राष्ट्रपति पौडेल
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले महिला पत्रकारहरूको मुद्दालाई प्राथमिकताका साथ सम्बन्धित निकायमा ताकेता गर्ने बताएका छन्। सञ्चारिका समूहको मागपत्र बुझ्दै राष्ट्रपति पौडेलले महिला पत्रकारहरूले राम्रो काम गर्दै आइरहेको बताए।

‘सञ्चारिका समूहको नाम मैले निकै अगाडिदेखि सुनिरहेको हो। विगत लामो समयदेखि महिला पत्रकारका मुद्दालाई सुनुवाइ गर्दै उनीहरूलाई पत्रकारितामा अगाडि जानका लागि विभिन्न तालिमहरू पनि प्रदान गर्दै आइरहेको बुझेको छु। तपाईँहरूले जिम्मेवार भएर राम्रो काम गरिरहनुभएको छ। कार्यकारी भूमिकामा नभए पनि तपाईँहरूको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न ताकेता गर्नेछु,' राष्ट्रपति पौडेलले भने।
 

सञ्चारिका समूहले राष्ट्रपति पौडेललाई विभिन्न १० बुँदे मागपत्र बुझाएको छ। समूहकी अध्यक्ष विमला तुम्खेवा नेतृत्वको टोलीले शीतल निवास पुगेर महिला पत्रकारका साझा मुद्दा समेटिएको मागपत्र बुझाएको हो। 

अध्यक्ष तुम्खेवाका अनुसार सञ्चार माध्यममा लैंगिकमैत्री वातावरण स्थापना गर्नुपर्ने, समान कामको समान ज्याला निर्धारण गर्नुपर्ने, पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने, पत्रकार महिलाको सञ्चार माध्यमबाट पलायन हुने क्रम रोक्न, पेसागत रूपमा स्थायित्व हुने गरी रोजगारीको सुनिश्चितता गर्नुपर्ने, सरकारी नियुक्तिहरूमा पत्रकार महिलालाई प्राथमिकता दिनुपर्नेलगायतमा माग समेटिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.