पानी अभावका कारण आगलागी नियन्त्रणमा आएन

पानी अभावका कारण आगलागी नियन्त्रणमा आएन
सुन्नुहोस्

अछाम : बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। पानी अभावका कारण आगो नियन्त्रणमा आउन नसकेको स्थानीय तारामान खड्काले जानकारी दिए। 

बजारको बाटो साघुँरो भएका कारण र दमकलमा भर्नका लागि पानी नहुँदा आगो पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणका लागि सेना, नेपाल प्रहरी र स्थानीयहरू खटिएका छन्। हालसम्मको प्रारम्भिक विवरणअनुसार सार्वजनिक सभाहल, एक घर, दुई सुनचाँदी पसल, एउटा मोबाइल पसल, एउटा भाडा पसल र ४ किराना पसल जलेर नष्ट भएको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कालु सुनार, किस्मत सुनाको सुनचाँदी पसल, रतन साउदको घर, हिमाल साउदको मोबाइल पसल, रति साउदको भाडा पसल, रामबहादुर रावत, मन्जु साउद र गोकुल साउदको किराना पसल जलेर नष्ट भएको हो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.