पाणिनी सम्मेलन सुरू, प्रधानमन्त्री गरे उद्घाटन
अर्घाखाँची : ऐतिहासिक पुण्य तपोभूमी पाणिनिलाई विश्वसामु चिनाउन राष्ट्रियस्तरको 'पाणिनि तपोभूमी सम्मेलन २०८१'सुरू भएको छ। पाणिनि गाउँपालिका १ र २ को सिमानामा रहेको तपोभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच सम्मेलनको उद्घाटन गरेका हुन्।
सम्मेलनमा प्रधानमन्त्री ओली सहित,मुख्यमन्त्री चेतनारायण आचार्य,केन्द्रीय नेता चन्द्र भण्डारी,पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेलगायत धर्म गुरु तथा संस्कृतका भाषाविदहरूको उपस्थिति रहेको छ ।
लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय,पर्यटन विकास परिषद, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा सम्मेलन भएको हो। सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।
पाणिनी तपोभूमि विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । अर्घाखाँचीको पूर्वी सिमाना पाल्पाको सिमानामा पर्ने यो तपोभूमि प्राकृतिक रुपमा पनि अत्यन्तै सुन्दर छ।

प्रतिक्रिया दिनुहोस !