टियु क्रिकेट मैदानमा यसरी भइरहेको छ प्याराफिट निर्माण (फोटो फिचर)
काठमाडौं : टियु क्रिकेट मैदानमा प्याराफिट बनाउने काम धमाधम भइरहेको छ। शहरी विकास मन्त्रालयले आगामी वैशाख २४ गतेभित्र प्याराफिट निर्माण र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने बताएको थियो। तर, उक्त समयमा प्याराफिट निर्माण सम्पन्न हुने देखिँदैन।
दुई पटकसम्म राष्ट्रिय खेलकुद परिषदको ठेक्का रोकिँदा ढिलाइ भएको फ्लडलाइटको कामलाई पनि शहरी विकास मन्त्रालयले जिम्मा लिएको छ। मन्त्रालयका अनुसार १० हजार क्षमता बराबरको प्याराफिट निर्माण भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट निर्माण र प्याराफिट निर्माण ३०० दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो।















प्रतिक्रिया दिनुहोस !