प्रगतिनगर-डाडाँस्वारा पक्की सडक निर्माण ७३ प्रतिशत सम्पन्न

प्रगतिनगर-डाडाँस्वारा पक्की सडक निर्माण ७३ प्रतिशत सम्पन्न
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजारको प्रगतिनगर-डाडाँस्वारा सडक पक्की निर्माण कार्य ७३ प्रतिशत पूरा भएको  जनाइएको छ।

पुतलीबजार नगरपालिका अन्तर्गत रहेको प्रगतिनगर-बहाकोट-नाम्चे-काल्खु मोटरबाटोको बाटो फराकिलो बनाउने, पर्खाल लगाउने, नाली बनाउने, ग्रेड मिलाउने लगायतका कामहरु पूरा भएको पुतलीबजार नगरपालिकाका इन्जिनियर सुदीप बरालले बताए। 

इन्जिनियर बरालले भने, ‘बाटो फराकिलो बनाउने काम सबै पूरा भएको छ। टेवा, पर्खाल र नाली निर्माणका कामहरू ९५ प्रतिशत पूरा भएको छ। यसैगरी, ५ दशमलव ९ किलोमिटर नाली, ५ दशमलव ५ किलोमिटर ग्रेड मिलाइएको र ५ दशमलव ३ किलोमिटरमा सबबेसका काम भएको छ।’

मार्च महिनाको अन्तिम दिनसम्म भौतिक प्रगति करिब ७३ प्रतिशत पूरा भएको उनले जनाए। वैशाखको पहिलो साताभित्र कालोपत्रे गर्नेगरी तयारी भइरहेको छ। विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा कच्ची सडक फराकिलोसहित कालोपत्रे बनाइने नगरप्रमुख तुलसीराम रेग्मीले बताए।

यो सडकले स्याङ्जा र तनहुँ जिल्ला जोड्ने छ। पुतलीबजार हुँदै तनहुँको दुलेगौडासँग जोडिने भएको हो। यसबाट पुतलीबजार नगरपालिकाका वडा नं. ३, ८, ९ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने सयौं व्यक्तिले सो बाटोको उपयोग गर्न पाउने नगरप्रमुख रेग्मीले बताए।

प्रगतिनगर शिक्षा चोकदेखि काँफलडाँडा-भन्ज्याङ-बहाकोट-नाम्चे-काल्खुसम्म ७ दशमलव  ६ किलोमिटर पक्की सडक बन्दैछ। नाली र टेवा पर्खाल सहित दुई लेनको सडकको चौडा ७ मिटर हुनेछ।

विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको ३ महिनाभित्र महिनाभित्र पूरा गरिसक्नु पर्ने समयसीमा छ। सन २०२४ अप्रिल ९ मा सम्झौता भएको सो सडक २०२५ जुलाई ८ मा पूरा गर्नुपर्ने छ। लामा कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा पाएको हो।

नेपाल शहरी शासकीय तथा पूर्वाधार कार्यक्रम अन्तर्गत विश्व बैंकको ऋण तथा अनुदान सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा सडक चौडा गरिएको हो। 
 
पुतलीबजार नगरपालिका, विश्व बैंकका प्रतिनिधि, सडक उपभोक्ता सहित सरोकारवालाको समूहले पटक पटक स्थलगत छलफल गरेपछि बाटो निर्माणका लागि सहज बनेको हो। तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्नेगरी निर्माण अघि बढाइएको आयोजना प्रमुख इन्जिनियर नरनाथ पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.