यू–१९ विश्वकप एसिया क्षेत्र छनोटः नेपालले टस हारेर ब्याटिङ गर्ने
काठमाडौं : यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ। यूएइका कप्तान पृथ्वी मधुले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्।
मूलपानी तल्लो मैदान भिजेको हुँदा टस निर्धारित समयभन्दा २ घण्टा ढिलो भएको हो। टस ढिलो हुँदा खेल ४० ओभरमा घटाइएको छ ।
नेपालको प्लेइङ ११ : नरेन भट्ट(कप्तान), निरजकुमार यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन विश्वकर्मा, दिल्साद अलि, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, र सन्तोष यादव
प्रतिक्रिया दिनुहोस !