के छ आजको मौसम ? कहाँ-कहाँ पर्दैछ पानी ?

के छ आजको मौसम ? कहाँ-कहाँ पर्दैछ पानी ?
फाइल तस्बिर।

काठमाडौं : हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण केही स्थानमा आंशिकदेखि साधारणतया बदली हुने संभावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार  ताप्लेजुङ,ओखलढुंगा,जिरी,पोखरालगायत शहरमा हल्का पानी पर्ने संभावना छ। आज धनगढीमा सबैभन्दा बढि तापक्रम ३७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। सबैभन्दा कम तापक्रम आज राति जिरीमा (चार डिग्रीसम्म)पुग्ने  आंकलन गरिएको छ।

महाशाखाका अनुसार आज  कोशी,मधेश,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा सफादेखि आंशिक बदली हुनेछ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी,गण्डकी र कर्णाली प्रदेशको पहाडि भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

 यसैगरी देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको साथै मेघगर्जन/चट्याङ्गको संभावना रहेकाले आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.