त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। गाँजाजस्तो देखिने करिब ६ किलो ९ सय ७० ग्राम लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।
पक्राउ पर्ने २७ वर्षीय Vishak Vijayan रहेका छन्। उनी थाई एयरको उडानबाट बैंककहुँदै नेपाल आएका थिए। विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला परेको हो।
उनलाई थप अनुसन्धानका लागि लागुऔषध ब्यूरो कोटेश्वर पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !