नागरिकता प्रमाणपत्रको सिफारिस अब अनलाइनबाटै

नागरिकता प्रमाणपत्रको सिफारिस अब अनलाइनबाटै

तीनकुने : काठमाडौंमा आजदेखि नागरिकता प्रमाणपत्रको सिफारिस अनलाइन प्रविधिबाट अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार (वैशाख २)देखि लागू हुनेगरी काठमाडौंका ११ वटै पालिकामा अनलाइन सिफारिस अनिवार्य गरेको हो। आजको मितिदेखि हस्तलिखित फाराम स्वीकार नगर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकासहित ११ पालिकालाई नागरिकता प्रमाणपत्रका लागि अनलाइनमार्फत सिफारिस गर्न पत्राचारसमेत गरिसकेको छ। 'नगरपालिकाअन्तर्गतका कतिपय वडाहरूबाट हालसम्म पनि हस्तलिखित सिफारिस आइरहेकाले मिति २०८२ वैशाख २ गतेदेखि हस्तलिखित सिफारिसबाट नागरिकता प्रमाणपत्र जारी नगरिने भएकोले अनिवार्य रूपमा अनलाइन सिफारिस गर्ने व्यवस्था मिलाउनु हुन आदेशअनुसार अनुरोध छ,' पत्रमा भनिएको छ। 

सरकारले देशभरि नागरिकता प्रमाणपत्रलाई अनलाइन प्रविधिमा जोड्ने नीति अपनाएको छ। गृह मन्त्रालयले यस कार्य लागि आफू मातहतका निकायलाई निर्देशन दिइसकेको छ। सोही निर्देशनअनुसार प्रशासन कार्यालयहरूले नागरिक प्रमाणपत्र सिफारिसलाई अनलाइन प्रविधिमा जोड्ने कार्य गरिरहेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एकैपटक सबै वडामा अनलाइन प्रविधिमार्फत काम गर्न कठिनाइ भएको बतायो। सुरुवाती चरणमा काठमाडौं महानगरपालिकाका वडामार्फत अनलाइनमार्फत सिफारिस गर्ने काम सुरू गरिएको र पछि अन्य पालिकामा पनि उक्त पहुँच विस्तार गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.