सरकारलाई लघुवित्त-सहकारी पीडितको चेतावनी - आन्दोलनलाई कमजोरीको रुपमा लिए घुँडा टेक्न बाध्य बनाउँछौं

सरकारलाई लघुवित्त-सहकारी पीडितको चेतावनी - आन्दोलनलाई कमजोरीको रुपमा लिए घुँडा टेक्न बाध्य बनाउँछौं
सुन्नुहोस्

काठमाडौं : लघुवित्त पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजहरूलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘सहकारी,लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रुपमा नलिन चेतावनी दिए।

उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिल्यै पनि हारेको इतिहास नभएको बताउँदै न्यायिक लडाइँमा शासकहरूलाई घुँडा टेक्न बाध्य बनाउने जिकिर गरे।

त्यस्तै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त,सहकारी र मिटरब्याजीहरूसँग पटकपटक भएका सम्झौताहरूलाई कागजमै सिमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायिक कार्य भएको बताए । केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए।

उनले बैशाख ४ गते सम्पूर्ण पीडितहरू सडकमा उत्रने र ठूलो प्रदर्शन गर्ने जानकारी दिए ।लघुवित्त,सहकारी र मिटरब्याजी पीडितको वर्षौंदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.