विदेशबाट आएका युवकमाथि दुर्व्यवहार गर्ने तीनजना प्रहरीलाई विमानस्थलको सुरक्षाबाट हटाइयो

विदेशबाट आएका युवकमाथि दुर्व्यवहार गर्ने तीनजना प्रहरीलाई विमानस्थलको सुरक्षाबाट हटाइयो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका एक युवकमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको विषयमा प्रहरीले छानबिन थालेको छ। विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले युवकमाथि दुर्व्यवहार गरेको भीडीयो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले छानबिनको प्रक्रिया अघि बढाएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले विदेशबाट आएका युवकमाथि दुर्व्यवहार गरेको आरोपमा तीनजना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइ अनुसन्धानको प्रक्रिया अघि बढाइएको जानकारी दिए। 

उनका अनुसार ती कर्मचारीलाई उपत्यका प्रहरी कार्यालय झिकाइ आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ।

अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एरियाबाट रातो टिसर्ट लगाएका ती युवकलाई प्रहरीले समातेर लग्दै गरेको भिडियोमा देखिन्छ।  भिडियोमा देखिएका ती व्यक्ति मोरङका सञ्जय ओझा हुन्। । गत चैत ३१ गते उनी दुबईबाट स्वदेश फर्किएका थिए। ओझाले आफूलाई विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको दावी गरेका छन्। 

हिमालयन एयरलायन्सको उडानबाट नेपाल फर्केका उनीमाथि दुर्व्यवहार नभएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता लालध्वज सुवेदीले बताएका छन्। ती युवकको विमानस्थलका कर्मचारी र ट्याक्सी ड्राइभरसँग बाझाबाझ गरेपछि प्रहरीले केही समय नियन्त्रणमा लिएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.