विद्यार्थी ओसारपसार गर्ने सरकारी बस शिक्षकको आन्दोलनमा दुरुपयोग

विद्यार्थी ओसारपसार गर्ने सरकारी बस शिक्षकको आन्दोलनमा दुरुपयोग
सुन्नुहोस्

विराटनगर : विराटनगरमा विद्यार्थी बोक्न प्रयोग गरिने सरकारी विद्यालयको बस शिक्षकले आन्दोलनमा लिएर गएका छन्। विराटनगर महानगरपालिका-३ मा रहेको पोखरिया माध्यमिक विद्यालयको सरकारी नम्बर प्लेटको बस शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग गरिएको हो। 

लामो समयदेखि शैक्षिक गतिविधि ठप्प पारेर नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ। महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी हुन जाँदा शिक्षकले विद्यालयको गाडी लिएर गएका हुन्। ‘वृहत् शिक्षक आन्दोलन’ लेखिएको ब्यानर झुन्ड्याएर पोखरिया माविको प्र १-०२-००१ ग ०२४८ नम्बरको गाडी लिएर आन्दोलनका लागि शिक्षकहरू बुधबार काठमाडौं गएका छन्। प्रधानाध्यापक खेमराज भट्टराईले आफूसहित ४२ जना शिक्षक आन्दोलनका लागि काठमाडौं हिँडेको बताए। 

आन्दोलनमा गाडी लिएर गएको विषय विद्यालयकी शिक्षिका रीता दाहाल पाठकले आफैं फेसबुकमा फोटोसहित पोस्ट गरेकी थिइन्। ‘४५ जना शिक्षक साथीहरूसहित श्री पोखरिया मावि विराटनगर-३ मोरङको आफ्नै बसबाट नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएको वृहत् शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं आउनु हुँदै। शिक्षक, विद्यालय कर्मचारी एकता जिन्दावाद! हाम्रो आन्दोलन, हाम्रो सहभागिता!,’ उनले लेखेकी छन्। 

विद्यार्थी ओसारपसारमा प्रयोग गर्नुपर्ने गाडी आन्दोलनमा लगिएपछि चौतर्फी विरोध भइरहेको छ। विशेष गरेर सन्तानका लागि यातायात खर्च तरिरहेका अभिभावकले विरोध जनाएका हुन्। अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी विद्यालयको सवारीसाधन कर्मचारी र विद्यार्थी ओसारपसारमा मात्रै प्रयोग गर्न पाइने बताउँछन्। 

‘विद्यालयको गाडी भनेको कर्मचारी र विद्यार्थी ओसारपसारका लागि प्रयोग गर्नुपर्छ। आन्दोलन र नाराजुलुस तथा व्यक्तिगत स्वार्थ पूर्तिका लागि दुरुपयोग गर्न मिल्दैन,’ उनले भने, ‘यदि कसैले प्रयोग गरेको भए त्यो कानुन विपरीत हो। ट्राफिक प्रहरीले रोकेर कारबाही गर्न सक्छ।’ पन्थीले भनेका बेला विद्यार्थीलाई लिन नपुग्ने गाडी शिक्षकले आन्दोलनका नाममा मनपरी हिसाबले प्रयोग गर्नु गलत भएको टिप्पणी गरे।  

उनका अनुसार विद्यार्थी ओसारपसार गर्ने बस विद्यालयभन्दा १२ किलोमिटर टाढा जान मिल्दैन। ‘सहरी क्षेत्रमा १२ र पहाडी क्षेत्रमा १५ किलोमिटर भन्दा टाढा लैजान पाइँदैन,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.