ललितपुर र झापाको खेल बराबरीमा सकियो
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलिले १-१ को बराबरीमा खेलेका हुन्। यस खेलसँगै ६ खेलमा १२ अङ्क जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ। जितविहीन बनेको झापाले समान खेलबाट पाँच अङ्कका साथ छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ।
ललितपुरले अब क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ। ललितपुरका लागि नवीन लामा र झापाका लागि कप्तान लाकेन लिम्बूले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको हो। खेलको ५४औँ मिनेटमा नवीनको गोलमार्फत ललितपुरले पहिलो अग्रता लिएको लियो। त्यसपछि खेल ६५औँ मिनेटमा लाकेन गोल गर्दै झापालाई बराबरीमा ल्याए। भोलि चितवन र धनगढीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस !