स्कुटरले थिचिरहेको अवस्थामा भेटियो पुरुषको शव

स्कुटरले थिचिरहेको अवस्थामा भेटियो पुरुषको शव
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारीमा स्कुटरले थिचिरहेको अवस्थामा एउटा शव फेला परेको छ । स्कुटरले माथिबाट थिचेर मृत्यु भएको अवस्थामा उर्लाबारी नगरपालिका–८ का ५० वर्षीय नरकुमार लिम्बूको शव शनिबार बिहान ६:३५ बजेतिर भेटिएको हो।

उर्लाबारी–८ जरुवापानीस्थित भित्रि सडक खण्डमा प्र १–०२–०४० प ७८८१ नम्बरको स्कुटरले थिचेर मृत्यु भएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी दिएका हुन् । सडकको कल्भर्टदेखि अन्दाजी ६ फुट तल खसेको अवस्थामा स्कुटरले थिचिरहेको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर स्कुटरसहित कल्भर्टबाट खसेका कारण उठ्न नसक्दा लिम्बूको मृत्यु भएको हुनसक्छ ।

दुर्घटनामा परेर मृत्यु भएको आशंका गरिएपनि अनुसन्धानपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ । लिम्बू कतिबेला कल्भर्टबाट झरेका हुन् भनेर पनि यकिन भइसकेको छैन ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जनकुमार बराल नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.