कोशीमा मुख्यमन्त्री कार्यालयअन्तर्गतको ‘वेबसाइट’ ‘ह्याक’

कोशीमा मुख्यमन्त्री कार्यालयअन्तर्गतको ‘वेबसाइट’ ‘ह्याक’
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘वेबसाइट’ ‘ह्याक’ भएको छ। 

मुख्यमन्त्री कार्यालयअन्तर्गतको ‘गुनासो व्यवस्थापन प्रणाली’को ‘वेबसाइट’ ‘ह्याक’ भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘वेबसाइट’ ‘ह्याक’ गरेर ‘ह्याकर’ले प्रेम प्रस्ताव दर्शाउने शब्द राखेको पाइएको छ। ‘वेबसाइट’ कहिले ‘ह्याक’ भएको हो भन्ने यकिन छैन। 

मुख्यमन्त्री कार्यालय भने बेखबर थियो। उक्त ‘वेबसाइट’ २०२५ मार्च २० मा अन्तिम पटक सही अवस्थामा रहेको देखिन्छ। अहिले hellocm.koshi.gov.np‘लिंक’ ‘ब्राउज’ गर्दा प्रेमिल शब्दहरू दर्शाएको पेज देख्न सकिन्छ। ‘वेबसाइट’मा यसअघि राखिएका विषयवस्तु देखिँदैनन्। 

वेबसाइटको सबैभन्दा माथिपट्टि चकलेटको फोटो राखिएको छ। त्यसको तल ‘तिम्रै लागि एस’ (फर यू एस) भन्दै अंग्रेजी अक्षरमा प्रेमिल शब्दहरू राखिएको छ। मुख्यमन्त्री कार्यालयले भने यो विषयमा शनिबार मात्रै थाहा पाएको छ। 

मुख्यमन्त्री कार्यालयका प्रवक्ता पवनकुमार तिमिल्सेनाले ‘वेबसाइट’मा केही समस्या आएको बताए। ‘वेबसाइट’ ‘ह्याक’ भएको हो कि हैन भनेर हेर्ने काम भइरहेको उनको भनाइ छ। ‘केही समस्या आएजस्तो छ,’ तिमिल्सेनाले भने, ‘समाधानका लागि प्राविधिक परिचालन गरेका छौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.