आगलागीमा वृद्धा घाइते, घर जल्दा ४ लाखको क्षति

आगलागीमा वृद्धा घाइते, घर जल्दा ४ लाखको क्षति
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सृजना टोलको एउटा घरमा शनिबार राति आगलागी हुँदा जलेर ८० वर्षीया वृद्धा घाइते भएकी छन्। 
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार आगोले जलेर ८० वर्षीया तुलामाया गुरुङ घाइते भएकी हुन्। वृद्धाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी उनले दिए। घाइते वृद्धाको अवस्था मध्यम छ। गुरुङको इँटाको गारो र जस्तापाताको छानो भएको १ तले पक्की घरमा राति ११:३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार आगलागी सुरु भए पनि तत्काल बाहिर निस्किन नसक्दा उनी घाइते भएकी हुन्। आगोले घरसहित घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, काठपात, फर्निचरका सामान सबै जलेर ध्वस्त भएको डीएसपी जोशीले जनाए। उनका अनुसार आगलागीको कारण खुलेको छैन। यद्यपि, विद्युट सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। थप अनुसन्धानपछि आगलागीको कारण पत्ता लाग्ने उनको भनाइ छ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा करिब १ घण्टापछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। आगलागीमा करिब ४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.