कार दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

कार दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
सुन्नुहोस्

धरान : सुनसरीको इटहरी–धरान सडकअन्तर्गत तरहराको जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति धरानबाट इटहरीतर्फ जाँदै गरेको बागमती प्र–०१–०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले बताए । 

दुर्घटनामा परी इटहरी उपमहानगरपालिका–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनामा परी कारका चालक सुनसरी रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी उपमहानगरपालिका– ४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटवाल घाइते भएका छन् । घाइते तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए । उनले घटनाको अनुसन्धान भइरहेको जनाए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.