माछा मार्ने विद्युतीय सामग्रीसहित खोलामा पुरुषको शव फेला
स्याङ्जा : पुतलीबजार नगरपालिका-३ लत्रेपिपलका ४० वर्षीय मिलनबिक्रम सेन शनिबार खोलामा मृत भेटिएका छन्।
पुतलीबजार नगरपालिका-५ जुडी स्थित बाडखोलामा शव भेटिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए।
शुक्रबार बेलुका खेतमा पानी लगाउन भनि घरबाट निस्किएका उनी राति अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा घरबाट करिब १ किलोमिटर पर पानीको बीच भागमा उत्तानो अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थल नजिकै १२ भोल्टको ब्याट्री, तार र माछा राख्ने फुर्लुङ भेटिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी भनाइ छ।
प्रतिक्रिया दिनुहोस !