चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा

चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा
सुन्नुहोस्

काठमाडौं : एलिमिनेटरमा एफसी चितवनलाई हराउँदै पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले चितवनविरुद्ध ३-० को सहज जित निकालेको हो। पोखराले तीनै गोल दोस्रो हाफमा गरेको हो।
 
पोखराका लागि घानाका जोइ आइडु नायक बने। उनले पोखराका लागि दुई महत्त्वपूर्ण गोल गरे। खेलको ७२ र ७६औँ मिनेटमा गोल गर्दै पोखराको जित सुनिश्चित गरेका हुन्। 

६४औँ मिनेटमा पोखराले आत्मघाति गोल उपहार पाएपछि अग्रता बनाएको थियो । पोखराका स्ट्राइकर स्टेफन बिनोङको प्रहार रिबाउण्ड आउँदा समीर लामाले दिएको क्रस चितवनका अभिषेक लिम्बुको खुट्टमा लागेर गोल भएको थियो। ७२औँ मिनेटमा पोखराका जोइ आइडुले टोलीको अग्रतालाई दोब्बर बनाए। जन्मजय धामीले दिएको पासमा उनले करिब २४ यार्ड सुन्दर ढंगबाट बललाई जाली चुमाए। उनको प्रहार जोनाथन क्यामपबेलबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो।

७६औँ मिनेटमा आइडुकै गोलमा पोखराले अग्रतालाई ३-० मा पुर्‍यायो। चन्दनकुमार दासले १८ यार्ड बक्सको दायाँतर्फबाट निकालेको पासमा आइडुले पहिलो प्रहारमै गोल गरे। त्यसअघि पहिलो र दोस्रो हाफमा पनि दुवै टिमले गोल अवसर बनाएका थिए। तर, त्यसलाई सदुपयोग भने गर्न सकेनन्। छैटौं मिनेटमा पोखराका कप्तान आयुष घलानको पासमा आइडुले गरेको प्रहार चितवनका गोलकिपर अमल नाइटले सजिलै बिफल बनाएदिए।

११औँ मिनेटमा आयुष घलानको पसामा करिब २२ यार्डबाट आइडुले गरेको प्रहार पुनः पोष्टको बायाँतर्फको नजिकैबाट बाहिरियो। २४औँ मिनेटमा चितवनका सुमित श्रेष्ठले पाएको बललाई सही दिशा दिन सकेनन्। जोनाथन क्याम्बेलको क्रसमा प्राप्त अवसरलाई गोलमा परिणत गर्न खोज्दा बायाँतर्फबाट बाहिरियो। 

२८औँ मिनेटमा पोखराका गोलकिपर प्रिसोले चितवनका भिक्टोर मन्सारेको प्रहार सहजै नियन्त्रणमा लिए। ३०औँ मिनेटमा चितवनका छिरिङ गुरुङको पासमा निरज चौधरीले प्रहार गरेको फितलो ओभरहेड किक प्रिसोले सहजै नियन्त्रणमा लिए। जितसँगै दोस्रो क्वालिफायरमा स्थान बनाएको पोखराले अब फाइनल प्रवेशका निम्ति धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टिमबीचको खेल बैशाख १० गते हुनेछ। यसअघि धनगढी पहिलो क्वालिफायरमा साविक विजेतासमेत रहेको ललितपुर सिटी एफसीसँग २-१ ले पराजित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.