पाथीभरा जाँदै गरेको जिपमा आगलागी : ४ जनाको मृत्यु, २ घाइतेको उद्धार

पाथीभरा जाँदै गरेको जिपमा आगलागी : ४ जनाको मृत्यु, २ घाइतेको उद्धार

ताप्लेजुङ : पाथीभरा मन्दिर दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान ४:५० बजेतिर करेन्ट लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले जानकारी दिए। 

उनका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ। ‘बिजुलीको पोलबाट लत्रिएको तारले आगलागी भएको अनुमान छ। घटनास्थलमा ४ जनाको मृत्यु भएको छ। अरु २ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ। घटनास्थल फुङलिङ नगरपालिका–१० तेर्सेको सेवारो चोकमा  पर्छ,’ बस्नेतले भने। 

उनका अनुसार घटनामा परेर जिप चालक फुङलिङ घर भएका गाडी चालक ४५ वर्षीय दुर्गा भट्टराईसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। ‘तीर्थयात्रीहरू ललितपुर र झापाबाट पाथीभरा दर्शनका लागि आएको पाइएको छ,’ बस्नेतले भने। 

उनका अनुसार आगोले जलेर ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते र उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन्। आगोले जलेर सविनाकी छोरी १६ वर्षीया आध्या आचार्य, सविनाको माइततर्फका बुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, ममी ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बु का ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको इन्स्पेक्टर बस्नेतले बताए। 

गम्भीर घाइते भएकी सविनाको शरीरको धेरै भाग जलेको छ। उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको बस्नेतको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.