प्रधानमन्त्री मोदी साउदी अरेबियाबाट फर्किए दिल्ली
काठमाडौं : जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो साउदी अरेबिया भ्रमण छोट्याएर दिल्ली फर्किएका छन् ।
प्रधानमन्त्री मोदी मंगलबार साउदी अरबको दुई दिने भ्रमणका लागि प्रस्थान गरेका थिए ।
उनले पहलगाम आक्रमणलाई ‘आतंकवादी आक्रमण’को रूपमा वर्णन गर्दै भने, ‘आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई छोडिने छैन ।’
दिल्ली पुग्ने बित्तिकै उनले परिस्थितिको बारेमा जानकारी लिन आपत्कालीन बैठक समेत गरेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग यस परिस्थितिबारे छलफल गरिएको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाह भने यसअघि नै कश्मीर पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !