जम्मु-कश्मिर आतंकवादी हमला

आतंकवादी हमलामा मारिएका बुटवलका न्यौपाने परिवार लिएर घुम्न गएका थिए

आतंकवादी हमलामा मारिएका बुटवलका न्यौपाने परिवार लिएर घुम्न गएका थिए

बुटवल : भारतको जम्मु-कश्मिर आतंकवादी हमलामा मारिएका नेपाली युवाको पुष्टि भएको छ। जम्मू -कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको हो। 

बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले उक्त आतंकवादी हमलामा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन्। वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्।

उक्त आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो ३ बजेतिर बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरैजना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर-ए-तैयबा समूहले लिएको छ।

पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटकहरू रहेका छन्। मृत्यु हुने आन्तरिक पर्यटकहरू भारतको  उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेका छन्। घटनामा दुई स्थानीयको पनि मृत्यु भएको बुझिएको छ।

आक्रमणको खबर पाउनेबित्तिकै साउदी अरेबियाको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदी आफ्नो भ्रमण बीचमै छोडेर भारत फर्कदैछन्। उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक गर्नेछन्। नेपालसहित अमेरिका, इरान, रुस, इटाली, युएई र अन्य देशहरूले उक्त आक्रमणको निन्दा गरेका छन्।  
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.