धनगढीलाई हराउँदै पोखरा पहिलोपटक एनएसएलको फाइनलमा

धनगढीलाई हराउँदै पोखरा पहिलोपटक एनएसएलको फाइनलमा
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : १० खेलाडीमा सीमित पोखराले धनगढीलाई हराउँदै पहिलो पटक नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरको खेलमा पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। 

स्टेफेन समिर बिनोङले नियमित समयमा थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै पोखरालाई फाइनल पुर्‍याएका हुन्। आयुष घलानको कर्नरमा स्टेफेन बिनोङले हेडरमार्फत गोल गरेका हुन्। खेलको १४औं मिनेटमा धनगढी एफसीका अफिज ओलावाले अहमद हिजाजीको पासमा डिबक्सभित्रै पाएको मौकामा  निकै कमजोर प्रहार गर्दा धनगढीले सुरुवाती समयमा नै अग्रता बनाउने राम्रो मौका खेर फाल्यो।

पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा धनगढीका लागि अर्को एउटा राम्रो मौका गुम्यो। धनगढीका लागि दीपेश राईले हानेको प्रहार पोखराका गोलकिपर प्रिसोले पञ्च गरे। ६५औँ मिनेटमा सुदिल राई राईको क्रसका स्टेफेन समिर बिनोङको हेडर धनगढीका गोलकिपर वालेट बिरोउले गोल लाइनबाट पन्च गरेर बाहिर फालिदिए।

८४औं मिनेटमा पोखरा थन्डर्स १० खेलाडीमा सीमित भयो। पोखराका गौरव श्रेष्ठ दोहोरो पहेँलो कार्डसहित रातो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिए। पोखरा थन्डर्सले फाइनलमा ललितपुर सिटी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 

यससँगै धनगढी तेस्रो सिजनमा आएर पहिलो पटक फाइनलमा प्रवेश गर्न असफल भएको हो। यस अघिका दुई सिजनमा धनगढी उपविजेतामा सीमित रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.