हत्या गरी फरार रहेका मानिस २० वर्षपछि पक्राउ

हत्या गरी फरार रहेका मानिस २० वर्षपछि पक्राउ
सुन्नुहोस्

महोत्तरी : हत्या गरी फरार रहेका एक वृद्ध २० वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा एकडारा गाँउपालिका १ का ६५ वर्षीय सुकेश्वर मण्डल रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार प्रतिवादी मण्डलले समान्य विवाद हुँदा खुसनन्दन मण्डलको हत्या गरेका थिए। 

२०६२ साल कातिक २५ गतेका दिन वर्दिवास नगरपालिका २ का छत्रबहादुर हमालको धान खेतमा धान काटिरहेको समयमा मृतक मण्डल र प्रतिवादी मण्डलबीच वादविवाद भएको थियो। सोही क्रममा सुकेश्‍वर मण्डल लगायतले मृतक खुसनन्दन मण्डलको हात समाती कुटपिट गर्दै धारिलो हसियाले घाँटी रेटी हत्या गरिएको थियो।

घटनास्थलबाट तत्कालै भागि फरार रहँदै आएको मण्डललाई प्रहरीले २० वर्षपछि नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताएका छन्। २० वर्षदेखि फरार रहँदै आएका मण्डललाई प्रहरीले खोजतलाशको क्रममा पक्राउ गरि अनुसन्धान गरिरहेको डिएसपी जयसवारले जानकारी दिएका छन्।

पक्राउ परेकोलाई महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप भइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.