पहलगाममा आक्रमण गर्ने आतंककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार

पहलगाममा आक्रमण गर्ने आतंककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार
सुन्नुहोस्

काठमाडौं : भारत प्रहरीले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नहरूको तस्बिर सार्वजनिक गरेको छ । प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्बिर सार्वजनिक गर्दै उनीहरूको बारेमा सूचना दिनेलाई २० लाख रुपैयाँ पुरस्कार दिने उल्लेख गरेको छ । 

प्रहरीले तीन जनामध्ये दुई जनालाई पाकिस्तानी नागरिकको रूपमा पहिचान गरेको छ । तीनै जना चरमपन्थी संगठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको प्रहरीले बताएको छ ।

प्रहरीले भनेको छ, ‘उनीहरूको बारेमा कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख रुपैयाँ पुरस्कार दिइनेछ ।’

यसअघि पहलगाममा भएको आक्रमणमा संलग्न तीन जना आतंककारीको स्केच सार्वजनिक गरिएको थियो । भारतीय सुरक्षा एजेन्सीहरूले मुसा, युनुस र आसिफ नामका आक्रमणकारीहरूको स्केच सार्वजनिक गरेको थियो ।

उनीहरूले एक–४७ लगायतका अत्याधुनिक बन्दुकहरू लिएर पहलगाममा पर्यटकमाथि अन्धाधुन्ध फायर गरेका थिए। घटनामा २६ जनाको मृत्यु भएको छ। जसमा एक नेपाली पनि रहेका छन्। बुटवल निवासी सुदीप न्यौपानेको घटनामा मृत्यु भएको थियो। भारतको विदेश मन्त्रालयले भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र देश छोड्न निर्देशन पनि दिएको थियो । 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आक्रमण गर्ने आतंककारीहरूलाई कल्पनाभन्दा ठुलो सजाय दिइने बताएका छन् । 

पहलगामबाट करिब पाँच किलोमिटर टाढा रहेको बैसरन पर्यटकहरूमाझ धेरै लोकप्रिय छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.