जम्मू–कश्मीर आक्रमण प्रकरण : एक आतंककारीको घरमा बम विस्फोट, अर्कोको डोजरले भत्काइयो

जम्मू–कश्मीर आक्रमण प्रकरण : एक आतंककारीको घरमा बम विस्फोट, अर्कोको डोजरले भत्काइयो
सुन्नुहोस्

काठमाडौं : भारतको अनन्तनागको बिजबेहरास्थित गोरी क्षेत्रमा रहेको पहलगाम आक्रमणमा संलग्न स्थानीय आतंककारी आदिल हुसेन ठोकरको घरमा सुरक्षा बलले बम विस्फोट गराएको छ ।  

आदिल ठोकर उर्फ ​​आदिल गुरीको रूपमा पहिचान गरिएको आतंककारीलाई पहलगामको बैसरन उपत्यकामा मंगलबार भएको आक्रमणको योजना बनाउनुका साथै कार्यान्वयन गरेको आरोप लगाइएको छ ।

यस्तै आक्रमणमा संलग्न अर्का आतंककारी आसिफ शेखको घर जम्मू–कश्मीर प्रशासनले  भत्काएको छ । 

सेनाको स्रोतका अनुसार चार लश्कर–ए–तैयबा (एलईटी) आतंककारीको समूह, स्टीलका गोलीहरू, एके–४७ राइफलहरू र शरीरमा क्यामेरा लगाएका आक्रमणकारीले मंगलबार जम्मू–कश्मीरको पहलगाममा हिन्दू पर्यटकहरूलाई लक्षित गरी गोली हानेका थिए । आतंकवादी हमलामा २६ जनाले ज्यान गुमाएका छन् । 

आतंककारीहरूमा दुई स्थानीय पनि रहेको जनाइएको छ । स्रोतका अनुसार आतंककारीमा बिजबेहराका आदिल हुसेन ठोकर र त्रालका आसिफ शेख रहेका छन् ।  

सैन्य स्रोतका अनुसार आदिल २०१८ मा अटारी–वाघा सीमा हुँदै वैध रूपमा पाकिस्तान गएका थिए । पाकिस्तानमा रहँदा उनले आतंकवादी शिविरमा तालिम लिएर गत वर्ष जम्मू–कश्मीर फर्केका हुन् । पहलगाम आक्रमणका प्रत्यक्षदर्शीले आतंककारीहरू पश्तून भाषामा कुरा गरिरहेको बताए । आक्रमणमा संलग्न सबै आतंककारीहरू पाकिस्तानस्थित आतंकवादी संगठन लश्कर–ए–तैयबाका भएको स्रोतले जोड दिएको छ ।  

यद्यपि, द रेजिस्टेन्स फ्रन्टले पनि यस आक्रमणको जिम्मेवारी लिएको छ । उसले टीआरएफ लश्कर–ए–तैयबाको एक अग्रणी आतंकवादी समूह भएको जनाएको छ ।  -एजेन्सीबाट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.