कैलालीमा रेबिज खोपको चरम अभावः निजीमा समेत पाउन छोड्यो

कैलालीमा रेबिज खोपको चरम अभावः निजीमा समेत पाउन छोड्यो
सुन्नुहोस्

टीकापुर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाउन नसक्दा कैलालीमा रेबिज खोपको चरम अभाव भएको छ। मन्त्रालयले धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा माग अनुसार रेबिज खोप उपलब्ध गराउन नसक्दा खोपको चरम अभाव भएको हो।

आपूर्ति व्यवस्थापन केन्द्रले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र ९ वटै जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा रेबिज खोप उपलब्ध गराउँदै आएकोमा मन्त्रालयले समयमै खोप पठाउन नसक्दा खोपको चरम अभाव भएको छ। खोपको अभाव हुँदा सर्वसाधारण बिरामीहरू निजी क्लिनिक तथा अस्पतालमा खोप लगाउन बाध्य भएका छन्। 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका कोल्डचेन अफिसर ट्विंकल कुँवरले सुदूरपश्चिममा डेढ हप्तादेखि रेबिज खोपको अभाव रहेको बताइन्। ‘हामीले मन्त्रालयलाई माग फाराम पठाई सकेका छौं, मन्त्रालयले डेढ हप्ता अझै लाग्ने भन्दै आएको छ’, कुँवरले भनिन् ‘कैलाली कञ्चनपुरका प्रादेशिक अस्पताल र विभिन्न स्वास्थ्य चौकीमा मासिक ४० हजार बढी डोज (भाइल) रेबिज खोजको माग हुँदै आएको छ, हामीले केही खरिद गरेर काम चलाए पनि मन्त्रालयबाट नआउँदा खोपको अभाव भएको हो।’

यता, टीकापुर अस्पतालका खोप प्रमुख मोहन सिंह साउदले एक हप्तादेखि अस्पतालमा रेबिज खोपको अभाव भएको बताए। साउदले दिएको जानकारी अनुसार २०८२ को वैशाखमा ११ गतेसम्म १३४ जना बिरामीले रेबिजको खोप लगाएका छन्। 

‘बिरामीको चाप अनुसार रेबिज खोपको आपूर्ति हुन सकेको छैन, ११ दिनमै १३४ जनाले खोप लगाएका छन्’ खोप प्रमुख साउदले भने ‘प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले खोप समयमै नपठाउँदा बिरामीहरू समस्यामा परेका छन्।’

टीकापुर अस्पतालमा मात्रै दैनिक ३५ बढी रेबिजको खोप लगाउन बिरामीहरू आउने गरेको उनले बताए। ‘हामीले मासिक तीन सय भाइल माग्ने गरेका छौं, यो आर्थिक वर्षको सुरुदेखि नै मासिक १३० भाइलसम्म मात्रै आपूर्तिले दिने गरेको छ, आपूर्ति नै नहुँदा बिरामीलाई समस्या परेको हो।’   

अस्पतालमा रेबिज खोजको अभाव भएपछि स्वास्थ्य बिमा गरेका बिरामीहरूले समेत निजी क्लिनिकबाट खरिद गरेर खोप लगाउनु परेको छ। ‘स्वास्थ्य बिमा गरेको छ, अस्पतालमा खोप छैन’ टीकापुर नगरपालिका वडा नं. ४ राजु चौधरीले भने ‘निजी क्लिनिक धाएर बल्लबल्ल पाएपछि खोप लगाएका छौं, कतिपय बिरामीले निजीमा समेत रेबिज खोप पाएका छैनन्।’

कुकुरले मानिसलाई टोकेका खण्डमा अनिवार्य रूपमा लगाउनु पर्ने रेबिज खोपको चरम अभाव भएपछि सर्वसाधारण बिरामीहरू खोप नै नपाउने अवस्थामा पुगेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.