कांग्रेसले भन्यो - सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

कांग्रेसले भन्यो - सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास सफल नहुने बताए।

कांग्रेस मुलुकको स्थिरताको पक्षमा दृढतापूर्वक उभिने र दुईदलबीच भएको सहमतिलाई अक्षरश पालना गर्ने उनले बताए । घिमिरेले नेपाली समाजले समेत नपत्याएको एउटा झुण्डले बलिदानीपूर्वक ल्याएको लोकतन्त्रलाई सिध्याउँछु भन्ने दुष्साहस नगर्न चेतावनी दिए।

उनले कसैले आन्दोलन गरेर नारायणहिटीमा पूर्वराजालाई पुराएर देशको कल्याण हुन्छ भन्ने सपना नदेख्न समेत सुझाव दिए । अराजनीतिक मान्छेहरूबाट अहिलेको व्यवस्थालाई कुनै चुनौति हुन नसक्ने उनले बताए। 

घिमिरेले वर्तमान सरकार आक्रमण ढंगले अघि बढ्नुपर्ने र विकासका साथै सुशासनमा केनद्रीत हुनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.