विराटनगरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
विराटनगर : विराटनगर महानगरपालिका–५ इक्राहीमा शुक्रबार अपरान्ह बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
बाँस लोड गरेर दावाबन्दीबाट केशलियातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त ०४१० नम्बरको ट्याक्टर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए। दुर्घटनामा परेर ट्याक्टरमा सवार सुनसरीको बर्जु गाउँपालिका–२ का ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !