कर्णालीसँग अथाह सम्भावना छ : मुख्यमन्त्री

कर्णालीसँग अथाह सम्भावना छ : मुख्यमन्त्री
सुन्नुहोस्

दैलेख : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीसँग अथाह सम्भावना रहेको बताएका छन्। मध्यपश्चिम विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा रहेको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, युवा जनशक्ति र जलस्रोतजस्ता सम्पदाहरूलाई सही रूपमा प्रयोग गर्न सके समृद्ध प्रदेश बनाउन सकिने बताए। 

उनले कर्णाली प्रदेशमा शिक्षा, समाज र व्यवसायका क्षेत्रमा चुनौतीहरू रहेको औंल्याए। भौगोलिक विकटता, बहुआयामिक गरिबी, बेरोजगारी, पूर्वाधारको अभावजस्ता कारणले कर्णालीको विकास अपेक्षित रूपमा हुन नसकेको मुख्यमन्त्री कँडेलको भनाइ छ। प्रदेश सरकार नकारात्मक विषयको प्रचारभन्दा कर्णालीसँग भएका सम्भावनाहरूको समुचित प्रयोगमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित हुन चाहिरहेको मुख्यमन्त्री कँडेलले बताए।

अर्को प्रसंगमा मुख्यमन्त्री कँडेलले नागरिक र राजनीतिक दलहरूको कष्टपूर्ण संघर्षबाट सुर्खेतमा विश्वविद्यालय स्थापना गर्न सफल भएको बताए। विश्वविद्यालयले शिक्षा, अनुसन्धान र सामुदायिक सेवाका माध्यमबाट कर्णाली प्रदेशको विकासमा ठूलो योगदान दिन सक्ने उनको भनाइ छ। 

‘स्थानीय आवश्यकताहरूलाई ध्यानमा राखेर पाठ्यक्रमहरू निर्माण गर्ने, अनुसन्धानका माध्यमबाट कर्णालीका समस्याहरूको समाधान गर्ने र विश्व विद्यालयमा रहेको जनशक्तिलाई सामुदायिक सेवाको माध्यमबाट परिचालन गर्दै कर्णालीको विकास र समृद्धिमा प्रदेश सरकारको अभियानमा विश्व विद्यालयको महत्वपूर्ण सहयोग र सहकार्यको अपेक्षा गर्दछु,’ मुख्यमन्त्री कँडेलले भने। विश्वविद्यालयहरू शिक्षण केन्द्र मात्रै नभई अनुसन्धान, नवप्रवर्तन र सामाजिक रुपान्तरणका सशक्त आधार भएको उनको भनाई छ।

आजको समयको माग अनुसार व्यवसायमा नवप्रवर्तन, स्टार्टअप संस्कृति र सामाजिक उद्यमशीलता स्थापित गर्दै जानुपर्ने मुख्यमन्त्री कँडेलले बताए। उच्च शिक्षाको लागि मुलुक छाडेर विदेशमा जाने संख्या बढ्दै गएको बताउँदै उनले उपलब्ध सीमित साधन र स्रोतबाट शिक्षालाई वैदेशिक शैक्षिक संस्थाहरूसँगको प्रतिस्पर्धामा लैजानु ठूलो चुनौती रहेको औंल्याए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.