ससुरा हत्या आरोपित २० वर्षपछि पक्राउ

ससुरा हत्या आरोपित २० वर्षपछि पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

दाङ : दाङमा हत्या आरोप लागेका एकजना अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । ससुराको हत्या गरी फरार रहेका  एकजना २० वर्षपछि पक्राउ परेको दाङ प्रहरीले बताएको छ ।  ससुराको हत्या अभियोगमा फरार रहेका तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँका ४२ वर्षीय विरबहादुर गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

वीरबहादुरले २०६२ साल साउन १४ गते राति करिब ८ बजे तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्कमा तरकारी पसल सञ्चालन गर्दै आएका ससुरा कासीराम विकको हत्या गरी फरार रहेका थिए । मादक पदार्थ सेवन गरेका गुरुङले घरायसी विवादका क्रममा ससुरा कासीराम विकमाथि  कुटपिट गर्दा घटनास्थलमै विकको मृत्यु भएको थियो ।

हत्यापछि फरार भएका गुरुङ लामो समय भारतमा लुकेर बसेका थिए । हाल उनी तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँमा लुकीछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरी टोलीले उनलाई वैशाख १२ गते पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए  । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.