पहलगाम आक्रमणपछि बढ्दो तनावबीच भारतीय नौसेनाले गर्यो युद्ध अभ्यास
काठमाडौं : पहलगाम आक्रमणपछि भारत र पाकिस्तानको बढ्दो तनावबीच भारतीय नौसेनाले युद्ध अभ्यास गरेको छ ।
भारतीय नौसेनाले अभ्यासका क्रममा युद्धपोतले लामो दूरीमा सटीक आक्रमण गरेर शत्रुको जहाजलाई डुबाएको बताएको छ ।
भारतीय नौसेनाका प्रवक्ताले भने,‘भारतीय नौसेना जहाजहरूले लामो दूरीको सटीक आक्रामक हमला गर्न प्लेटफर्म, प्रणाली र चालक दलको तयारीलाई पुनः प्रमाणित गरेका छ ।’
नौसेनाका प्रवक्ताले भारतीय नौसेना देशको रक्षा गर्न तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस !