पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते

तानसेन : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। लु १ ज २३७७ नम्बरको जिप गए राती सिद्धेश्वरको असारेबाट ठूलापोखरा जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो  । 

दुर्घटनामा रैनादेवी छहरा १ सिद्धेश्वका ३६ वर्षीय दिपेन्द्र बुढा,  ३१ वर्षीय चेतनारायण वि.क. र २३ वर्षीय जनक रेग्मीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।  गम्भीर घाइते भएका तिनै जनालाई मिशन अस्पतालमा पुर्‍याउँदा चिकित्ककले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी २ जना घाइते भएका छन्। जसमा जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा रहेको छन् । घाइते दुबै जनाको मिशन अस्पताल तानसेनमा उपचार भइरहेको छ । जिप आफैँ अनियन्त्रित भई सडक बाट २ सय मिटर तल खसेको र घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.