एमालेको दोस्रो विधान महाधिवेशन भदौमा, जेठ मसान्तभित्र सुझाव दिन परिपत्र

एमालेको दोस्रो विधान महाधिवेशन भदौमा, जेठ मसान्तभित्र सुझाव दिन परिपत्र
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गतेदेखि २२ गतेसम्म हुने भएको छ। एमालेको सचिवालय बैठकले विधान महाधिवेशनको मिति तोकेसँगै पार्टीको संगठन विभागले सबै कमिटीहरुलाई विधान महाधिवेशनमा समेट्नु पर्ने विषय पठाउन परिपत्र गरेको हो।

संगठन विभागका सचिव माधव ढुंगेलले जारी गरेको परिपत्रमा पार्टीका सबै कमिटी र कार्यकर्ताबाट पाटीले लिनुपर्ने नीति र विधिका बारेमा राय सुझाव संकलन गर्न निर्देशन दिइएको छ। आगामी जेठ मसान्तसम्म सुझाव संकलन गरेर पार्टी केन्द्रमा पठाउन सर्कूलर जारी भएको हो। पार्टी कमिटी र सदस्यले सुझाव दिन सक्ने बताइएको छ।
 

एमाले विधानअनुसार ५ वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। विधान अनुसार एमालेले आगामी २०८३ मङ्सिर दोस्रो साता ११ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ।  एमाले विधानको धारा १३ मा भनिएको छ,‘राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुनेछ र यसको आयोजना केन्द्रीय कमिटीले सामान्यतया हरेक पाँच वर्षमा गर्नेछ।’ यसबाहेक संवैधानिक व्यवस्था अनुसार विशेष परिस्थितिमा ६/६ महिना गरी थप एक वर्ष पछि सार्न पनि सकिनेछ । राष्ट्रिय महाधिवेशन अगावै विधान महाधिवेशन हुन लागेको हो। एमालेले २०७८ सालको असोजमा विधान महाधिवेशन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.