हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, दुईजना प्रहरी निलम्बन

हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, दुईजना प्रहरी निलम्बन
सुन्नुहोस्

टीकापुर : सरकारी वकिल कार्यालय कैलालीबाट हतकडीसहित फरार थुनुवा महिला भारतबाट पक्राउ परेकी छन् । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी टीकापुर नगरपालिका वडा नम्बर १ की ५० वर्षीय मीना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे । दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो । दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लैजाने क्रममा भागेकी थिइन् ।

हतकडीसहित थुनुवा भागेपछि दुईजना प्रहरीलाई कारवाही गरिएको छ । प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.