भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता
वैशाख १५, २०८२ सोमबार १५:४०:५७
काठमाडौं : भारत र फ्रान्सले सोमबार भारतीय नौसेनाका लागि २६ राफेल लडाकु विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार यी विमानहरूको कुल लागत करिब ६४ हजार करोड रुपैयाँ रहेको छ ।
भारतले यी विमानहरू फ्रान्सेली रक्षा कम्पनी डसॉल्ट एभिएसनबाट खरिद गर्ने भएको छ ।