गुडिरहेको टिपरमा आगो
विराटनगर : विराटनगरमा गुडिरहेको टिपरमा सोमबार दिउँसो आगलागी भएको छ। प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा दिउँसो साढे २ बजेतिर एक्कासि आगलागी भएको हो।
विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै गरेको टिपर विराटनगर महानगरपालिका–१९ मिलन चोकमा आइपुगेपछि आगो दन्किएको थियो। प्रहरीका अनुसार आगलागी हुँदा टिपर सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए।
टिपरमा आगलागीको कारण खुल्न बाँकी छ। यद्यपि, अगाडिको तार सर्ट हुँदा घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरी चौकी घिनाघाटबाट गएको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
आगोले टिपरको अगाडिको भाग पूर्ण रूपले जलेको छ। अगाडिको भाग क्षतिग्रस्त भएको टिपर अहिले घटनास्थलमै रहेको छ। घटनामा मानवीय क्षति नभएको र अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !