राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु

राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु
सुन्नुहोस्

दैलेख : नेपालको एकमात्र अन्तिम घुमन्ते–फिरन्ते समुदाय राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। 

अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको बताइएको छ। सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोला क्षेत्रमा बसोबास गर्दै आएको राउटे समुदायका मुखिया ४९ वर्षीय शाहीको सोमबार राती बस्तीमै मृत्यु भएको हो। राउटे बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार अत्यधिक मदिरा सेवनका कारण मुखिया शाहीको मृत्यु भएको हो। 

‘वैशाख १ मा राउटेले धुमधामले नयाँ वर्ष मनाउँछन्, त्यसयता मुखिया शाहीले अत्यधिक मदिरा सेवन गरिरहेका थिए,’ खत्रीले भने ‘मदिराकै कारण दुई/तीनदेखि बिरामी परेका उनलाई उपचारका लागि लैजाने कुरा भइरहेको थियो, सोमबार साँझ निधन भयो।’ 

बाह्य समुदायका व्यक्तिहरूले बस्तीमा आएर मुखिया भन्दै पैसा दिने गरेका कारण पनि समस्या भएको उनको भनाई छ। राउटे समुदायले मुखिया शाहीको परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन्। राउटे समुदायमा कुनै व्यक्तिको निधन भएमा बस्ती सर्ने चलन छ। सोही अनुसार उनीहरू बस्ती सर्ने तयारीमा छन्। राउटे समुदायका नागरिकको जनसंख्या १३५ मा झरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.