नक्कली नोटसहित भारतीय युवती पक्राउ

नक्कली नोटसहित भारतीय युवती पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट प्रहरीले नक्कली नोटसहित १ भारतीय युवतीलाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार विराटनगर महानगरपालिका–१३ बाट भारत बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्तीलाई पक्राउ गरिएको हो । 

विराटनगर–१३ स्थित एउटा किराना पसलमा सामान किन्ने क्रममा उनले बुधबार भारतीय ५ सय रूपैयाँको नोट दिएकी थिइन् । उक्त नोट नक्कली रहेको आशंकामा पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बैसन्तीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट ५ सय दरका ७ वटा भारतीय नोट फेला परेको जानकारी एसएसपी दाहालले दिए । उनको साथबाट ३ हजार १ सय नेपाली रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीले बैसन्तीमाथि थप अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.