दिल्लीमा भारी वर्षा : घर भत्किँदा चार जनाको मृत्यु, १०० भन्दा बढी उडान अवरुद्ध

दिल्लीमा भारी वर्षा : घर भत्किँदा चार जनाको मृत्यु, १०० भन्दा बढी उडान अवरुद्ध
सुन्नुहोस्

काठमाडौं : शुक्रबार बिहान भारतको दिल्ली एनसीआरमा भारी वर्षा भएको छ। आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।  

समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षापछि दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको हो।  

वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ।  पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडानहरू डाइभर्ट गरिएको छ भने एक सयभन्दा बढी उडानहरू ढिलाइ भएका छन्।

एक अधिकारीले पीटीआईलाई बताएअनुसार दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडानहरू जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको छ।

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख छ। तर खराब मौसमका कारण केही उडान सञ्चालन प्रभावित भएका छन्।

विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानको बारेमा जानकारी लिन सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न अनुरोध गरेको छ।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.