मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लिलाधर सुवेदीलाई कारबाहीको माग

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लिलाधर सुवेदीलाई कारबाहीको माग
सुन्नुहोस्

धनगढी : मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव लीलाधर सुवेदीले आफ्नो फेसबुक वालमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले शनिबार विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन समग्र पत्रकारिता क्षेत्र र मिडिया हाउसहरूलाई बदनामित हुने गरी आफ्नो फेसबुक वालमा लेखिएको स्टाटसप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

समाचार लिंक सेयर गर्दै सचिव सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भन्दै फेसबुक स्टाटस लेखेका छन्। 

‘आफ्नो बारेमा प्रकाशित समाचारका विषयमा विमति भए कानुनी उपचार खोज्नुको सट्टा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित हुने गरी स्टाटस राखिएको घटना भत्र्सनायोग्य र निन्दनीय छ। कुनै पत्रकारले पैसा खाएर समाचार  लेखेको भए, त्यसको सप्रमाण महासंघको प्रदेश समितिलाई उपलब्ध गराउन पनि महासंघ सचिव सुवेदीलाई चुनौती दिन चाहन्छ’, अध्यक्ष शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.