काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रम प्रगतिशील, व्यवहारिक र जनमुखी रहेको दाबी गरे। ‘यो नीति तथा कार्यक्रम प्रगतिशील ,व्यवहारिक र जनमुखी रहेको छ। देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान विद्यमान परिस्थितिका सिमाहरुलाई पुर्णतया ख्याल गर्दै देश र जनताको हितलाई केन्द्रमा राखी विकास , समृद्धि, सुशासन र सेवा प्रवाहलाई उच्च महत्व दिएर आएको नीति तथा कार्यक्रमलाई पूर्ण समर्थन गर्दै यसको पक्षमा सकारात्मक ढंगले संसदमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने संसदीय दलको बैठकले निर्णय गरेको छ।’ बर्तौलाले भने,‘समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्न तथा लोकतन्त्रको सुदृढीकरण गर्दै यसलाई जनताको जीवनसँग जोडी सामाजिक न्याय र समाजवादका आधार तयार गर्न, राष्ट्रिय एकता सुदृढ पार्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा त्यसैको माध्यमबाट नीतिगत स्थायित्व सुनिश्चित गर्न मार्गनिर्देशन गरेको छ।’
working together is no longer optional-it is a matter of
compulsion
Annapurna Media Network has announced the Unity for
Sustainability campaign which comes into force from January 1,
2022. The main aim of this campaign is to 'lead the climate
change dialogue' working closely with all the stakeholders on
sustainable development mode, particulary focusing on
climate-change issues.