बन्यो उत्तर दक्षिण कालीगण्डकी करिडोर

बन्यो उत्तर दक्षिण कालीगण्डकी करिडोर
फाइल तस्बिर।
सुन्नुहोस्

पवित्र कालीगण्डकी नदी सलल बगेको छ। कालीगण्डकी नदीको किनारै किनार कालो चिल्लो कालोपत्रे सडक बनेको छ। बुढापाकाले कल्पनासमेत नगरेको अवस्थामा जनताले प्रत्यक्ष रुपमा घर अगाडि चिल्लो बाटोमा सवारी साधन चल्दा कालीगण्डकीवासीले जीवनमा ठूलो परिवर्तन महसुस गरेका छन्। प्रजातन्त्रको उदय पछि नै कालीगण्डकी करिडोर बन्न संभव भएको हो। 

करिडोरको लम्बाइ पूर्वी नवलपरासी गैंडाकोटदेखि मुस्ताङको कोरला नाकासम्म ४३० किलोमिटर रहेको छ। यो करिडोरले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका ६ जिल्ला पूर्वी नवलपरासी, पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाहरू प्रत्यक्ष रूपमा जोडेको छ। करिडोरले मध्य पहाडी राजमार्ग, मदनभण्डारी राजमार्ग, सिद्धार्थ राजमार्ग र महेन्द्र राजमार्गसँग जोडेको छ। 

करिडोर क्षेत्रमा बढ्दै बजार

करिडोर सञ्चालन भएपछि गण्डकीबेंसीका ६ जिल्लामा साना ठूला गरी ५० भन्दा बढी बजारहरू विस्तार भएका छन्। कालीगण्डकी करिडोरकै कारण गण्डकीबेंसीमा चहल पहल बढेको छ। मानिसहरू डाडा टाकुराबाट कालीगण्डकी करिडोर क्षेत्रमा बसाइँसराइ गरेर आउने क्रममा बढेको छ। करिडोर क्षेत्रमा व्यापार, व्यवसाय, उद्योग कलकारखानाको संख्या दिनहुँ बढ्दै गएको छ। कालीगण्डकी करिडोर क्षेत्रमा घर जग्गाको कारोबारमा वृद्धि भएको छ भने जग्गाको दररेटमा वृद्धि हुँदै गएको छ। दुईरचार लाख रोपनीमा पाईने जग्गा अहिले दुई चार लाख रुपैयाँमा आनामा झरेको छ। 

करिडोरबाट १० लाख जनता प्रत्यक्ष लाभान्वित

त्रिदेशीय व्यापार, धार्मिक पर्यटकीय मार्गका रूपमा नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोरलासडक बाट १० लाख जनता प्रत्यक्ष रूपमा लाभान्दित भएका छन्। करिडोरको बर्दघाट सुस्ता पूर्वी नवलपरासी जिल्लामा ७८ किलोमिटर, पाल्पामा ८७ किलोमिटर, गुल्मीमा ३९ किलोमिटर भने बाग्लुङमा ३६ किलोमिटर, गरी २४० किलोमिटर दूरी रहेको मालढुंगा गैंडाकोट सडक आयोजना कार्यालय पाल्पाका प्रमुख कल्पना अधिकारी सुवेदीले बताइन्। अर्कोतर्फ मालढुंगादेखि म्याग्दीको सदरमुकाम बेनीसम्म ८ किलोमिटर म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म ८२ किलोमिटर, सदरमुकाम जोमसोमदेखि उपल्लो मुस्ताङ लोमाङथान कोरलासम्म १ सय १ किलोमिटर क्षेत्र रहेको छ। 

ओझेलमा परेका धार्मिक तीर्थस्थल उजागर हुँदै 

कालीगण्डकी करिडोरमा त्रिवेणीधामदेखि देवघाट, राम्दी, रानीमहल ऋषिकेश, सेतीबेनी शिला सालिग्राम, पर्वतको शहर्षधारा, बाग्लुङ कालिका, म्याग्दीको गलेश्वर शिवालय, मुक्तिनाथ क्षेत्र, शिवको शिर दामोदर कुण्डलगायत सयौं हिन्दु तीर्थ स्थलहरू रहेको छन्। एउटै सडक बाट सयौं तीर्थस्थलको दर्शन तथा अवलोकन गर्न सकिने भएकोले दक्षिण छिमेकी भारतबाट धार्मिक पर्यटकहरूको आगमन बढ्दै गएको छ। कालीगण्डकी लाई कृष्णगण्डकीको रुपमा पूजा गर्दै आएको र सिला सालिग्राम लाई विष्णुको रूपी भगवन मान्ने भएकाले यसको किनारै किनारै किनार निर्माण करिडोरको महत्व दिनहुँ बढेको छ। उत्तरतर्फ करोडौ बौद्धमागी भएको चीनका जनता लाई पनि कालीगण्डकी करिडोरमार्फत बौद्ध मार्गी चिनियाँहरूलाई बुद्ध जन्मस्थल लुम्बिनी आउन सहता भएको छ। हिन्दु र बौद्ध धार्मिक पर्यटक आवत जावतको कारण यस क्षेत्रका लाखौं जनताहरू प्रत्यक्ष लाभान्दित हुने छन्। कालीगण्डकी क्षेत्रमा रहेका तर ओझेलमा परेका धार्मिक स्थलहरमा चहल पहल बढेको रम्भा गाउँपालिका पाल्पाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

करिडोरले जोड्दै ६ जिल्लाका सदरमुकाम कालीगण्डकी करिडोरले प्रत्यक्ष रूपमा मुस्ताङको सदरमुकाम जोमसोङ, म्याग्दीको सदरमुकाम बेनी र चितवनको सदरमुकाम भरतपुरसँग जोडेको छ भने २ किलोमिटर उत्तरमा पर्वतको सदरमुकाम कुश्मा, ४ किलोमिटर पश्चिममा बाग्लुङको सदरमुकाम बाग्लुङ, र ९ किलोमिटर दक्षिणमा पाल्पाको सदरमुकाम तानसेनलाई जोडेको छ। कालीगण्डकी करिडोर सञ्चालनसँगै बाग्लुङको वलेया एयरपोर्ट सञ्चालन भएको छ। कालीगण्डकी करिडोरको निर्माण सँगै मुस्ताङको कोरला नाका सञ्चालन भएको छ। मध्यपहाडी राजमार्गसँग कालीगण्डकी करिडोर जोडिने भएकाले मध्य पहाडी क्षेत्रको उत्तर दक्षिण क्षेत्रमा सरसमानहरू ओसार पसार गर्न सहज भएको छ। कालीगण्डकी करिडोर सञ्चालन सँगै अर्घाखाँची तथा गुल्मीका जनतालाई रिडीबाट सीधा रुटमा स्याङ्जा पोखरा तथा नारायणगढ तथा पूर्वी तराईका भूभागको यात्रा गर्ने रुट बनेको छ। 

छोटियो यात्रा 

वुटवलबाट मुक्तिनाथ पुग्न दुई दिन लाग्ने गरेकामा करिडोर संचालन भएपछि एक दिनमै पुगिन्छ। अहिले बाग्लुङ पर्वत, म्याग्दी, तथा मुस्ताङकबासी वुटवल सुनौली सम्मको यात्रा गर्न पोखरा जानु पर्ने बाध्यता हटेको कालीगण्डकी करिडोर ९मालढुंगा गैंडाकोट० सडक आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताए। मालढुंगादेखि पूर्तिघाट, अरवेनी रुद्रवेनी, रुरु क्षेत्र तानसेन हुँदै बुटवल सुनौलीसम्मको यात्रा गर्न सकिन्छ। मालढुंगादेखि पोखरा हुँदै बुटवल सम्मको २२५ किलोमिटर दूरी रहेको छ भने करिडोर सडक मालढुंगा रिडी तानसेन बुटवलसम्म १५० किलोमिटर दूरीमा यात्रा गर्न सकिन्छ। करिडोरले मालढुंगा बुटव यात्रा ७५ किलोमिटर छोटो गरिदिएको छ। गुल्मी कालीगण्डकीवासी सदरमुकाम तम्घास जान स्याङ्जा पाल्पा गरी दुई जिल्ला पार गर्नुपर्ने थियो करिडोर निर्माण संगै अहिले दुई घण्टामा सदरमुकाम पुग्ने गरेका छन। 

करिडोरको वर्तमान अवस्था

नवलपरासीको गैडाकोटदेखि बाग्लुङको मालढुंगासम्मको २४० किलोमिटरमा ८२ प्रतिशत पिचको काम सकिएको छ। करिडोरमा साना ठूला गरी ५९ भन्दा बढी पुलहरूको डिजाइन गरेकोमा ३५ वटा सम्पन्न भएको, ७ वटा निर्माणको चरणमा, १७ वटाको व्यवस्थापन हुनेक्रममा रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.