माओवादीले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने
काठमाडौं : नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
'बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भयो। बैठकले ‘मध्य पहाडी लोकमार्ग अभियान’ जेठ २ गतेदेखि सुरु गर्ने निर्णय पनि गरेको छ,' प्रचण्ड सचिवालयले भनेको छ।
त्यस्तै बैठकमा तराई-मधेस जागरण अभियानको समीक्षा गरिएको थियो। झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग केन्द्रित अभियान सकिएसँगै अध्यक्ष प्रचण्ड नेतृत्वको पदाधिकारीहरूले समीक्षा गरेका थिए।
उक्त अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको माओवादीको दाबी छ। 'उक्त अभियान माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको छ। अभियानमा सहभागिता जनाएका जनसमुदायप्रति धन्यवाद ज्ञापन गर्दछौं,' प्रचण्ड सचिवालयले भनेको छ।
प्रतिक्रिया दिनुहोस !