सरकारको नीति तथा कार्यक्रम विगतभन्दा सही भएको एमाले निष्कर्ष, उत्पादनमुखी बजेट बनाउन सुझाव

सरकारको नीति तथा कार्यक्रम विगतभन्दा सही भएको एमाले निष्कर्ष, उत्पादनमुखी बजेट बनाउन सुझाव

काठमाडौं : नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतको तुलनामा व्यवस्थित र सही भएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमालेको सचिवालय बैठकमा सहभागी नेताहरूले बजेटलाई परिणाममुखी बनाउन सुझाव दिएका छन्।

'सरकारको नीति तथा कार्यक्रम विगतको तुलनामा धेरै व्यवस्थित र दिशा निर्देशको हिसाबले सही भएको बैठकले निष्कर्ष निकालेको छ। बैठकमा सहभागी नेताहरूले पनि नीति तथा कार्यक्रमलाई सकारात्मक लिँदै बजेटलाई ठोस र परिणाममुखी बनाउन सुझाव दिनुभएको छ,' सञ्चारकर्मीसँग एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने। 

उनले आगामी बजेटमा योजनाहरू छान्दा स्रोतको विषयमा पनि ध्यान पुर्‍याउन सुझाव आएको बताए। विचार नपुर्‍याइ योजना छान्दा अहिले पनि एक अर्ब बढीका योजनाहरू भद्रगोल अवस्थामा रहेको एमाले नेताहरूको सुझाव छ।

'यसपटकको बजेट राष्ट्रिय आयोजनामा केन्द्रित हुनुपर्छ। साना तिना आयोजनाहरू प्रदेश र स्थानीय तहलाई दिनुपर्छ। आयोजना छान्दा स्रोतको पनि पहिचान गर्नु आवश्यक छ। स्रोत पहिचान नगर्दा अहिले पनि खर्बौंका आयोजना भद्रगोल बनेको अवस्था छ,' एमाले नेताहरूको सुझावालाई उद्धृत गर्दै उपमहासचिव ज्ञवालीले भने।
 
त्यस्तै बजेट उत्पादन र उत्पादकत्वमा केन्द्रित बनाउन पनि सुझाव दिइएको उनले बताए। त्यस्तै कृषिलाई पनि प्रविधियुक्त बनाउन जोड दिइएको छ। 'बजेटमा उत्पादन र उत्पादकत्वमा जोड दिन र किसानहरूलाई प्रविधिमैत्री बनाउन सुझाव आएको छ। कृषिको इकोसिस्टमलाई चलायमान बनाउन एमाले नेताहरूले जोड दिएको उनले बताए। 

त्यस्तै जेन्जी पुस्तालाई सूचना प्रविधिमा सहभागी गराएर पनि फड्को मार्न सुझाव दिइएको छ। सरकारले जेन्जी पुस्तालाई प्राथमिकतामा राख्ने र स्टार्टअप कार्यक्रम सुरू गर्ने नीति लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.