सात डीआइजीको सरुवा, ६ प्रदेश प्रमुख फेरिए

सात डीआइजीको सरुवा, ६ प्रदेश प्रमुख फेरिए

काठमाडौं : नेपाल प्रहरीका सात प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ। गृह मन्त्री रमेश लेखकले मन्त्री स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेको हो।

यससँगै ६ प्रदेशको प्रहरी प्रमुख पनि फेरिएका छन्। गृह मन्त्रालयका अनुसार ईश्वर पोखरेललाई कोशी प्रदेश प्रहरी कार्यालय, उमा प्रसाद चतुर्वेदीलाई मधेस प्रदेश प्रहरी कार्यालय, अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय, दिनेश कुमार आचार्यलाई गण्डकी प्रहरी प्रदेश कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, डम्बरबहादुर विकलाई सुदूरपश्चिम प्रदेश कार्यालय र गोविन्द थपलियालाई केन्द्रीय अुनसन्धान व्युरोमा सरुवा गरिएको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले बताए।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.